नेप्सेमा कालिका पावरको बोनस सूचीकृत, नबिल र गरिमाको सेयर मूल्य समायोजन
aarthiknews.com

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार कालिका पावर कम्पनीको ७ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ। यसै दिन नबिल बैंक र गरिमा विकास बैंकको बोनस सेयरका कारण सेयरमूल्य पनि समायोजन गरिएको छ।
कालिका पावरको ७ प्रतिशत बोनस बापतको ६ लाख ५३ हजार ७६४ दशमलव ६५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीका सम्बन्धित सेयरधनीको हितग्राही खातामा बोनस सेयर जम्मा भएपछि कारोबार गर्न सकिनेछ। कालिका पावरले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो, जुन साधारणसभाबाट पारित भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)