तथ्यहीन एवं भ्रामक प्रचार–प्रसारप्रति आइप्यानको ध्यानाकर्षण
annapurnapost.com · Tue Sep 29 10:26:47 GMT 2026

काठमाडौं : इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान)ले विदेशी विश्वविद्यालयको सम्बन्धन तथा नेपाल सरकारबाट अनुमति प्राप्त गरी उच्च शिक्षाका कार्यक्रम सञ्चालन गरिरहेका शिक्षण संस्थाहरूका बारेमा आएका तथ्यहीन एवं भ्रामक प्रचार–प्रसारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
एकजना विदेशी नागरिकले तथ्यहीन, अपुष्ट तथा भ्रामक सूचना विभिन्न सामाजिक सञ्जालमार्फत प्रसारित गरिरहेकोप्रति आइप्यानले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। उनले सामाजिक सञ्जालमा गरेका अपुष्ट दाबीलाई केही सञ्चार माध्यमहरूले समेत पर्याप्त तथ्य–जाँचबिना समाचारका रूपमा प्रसारित गरेको आइप्यानले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)