विश्वविद्यालयहरू राजनीतिक हस्तक्षेपमुक्त हुनुपर्छ : सांसद लामा
annapurnapost.com · Tue Sep 29 10:36:23 GMT 2026

काठमाडौं : प्रतिनिधिसभा सदस्य डा. राम लामाले विश्वविद्यालयहरूलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्दै योग्य, अनुभवी र सक्षम नेतृत्वको पारदर्शी नियुक्ति सुनिश्चित गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयसम्बन्धी विधेयक, २०८३ माथिको छलफलमा धारणा राख्दै सांसद लामाले विश्वविद्यालयको स्वायत्तता र स्वशासनलाई व्यवहारमै सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
उनले प्रस्तावित राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई स्वायत्त विश्वविद्यालयका रूपमा अघि बढाउने अवधारणा सकारात्मक भएपनि विधेयकमा प्रस्तावित केही व्यवस्थाले विश्वविद्यालयको स्वायत्ततामा प्रश्न उठाउने बताए। प्रधानमन्त्री कुलपति, रक्षामन्त्री सह–कुलपति तथा विश्वविद्यालयका विभिन्न पदाधिकारी नियुक्तिमा राजनीतिक तथा बाह्य प्रभाव रहने व्यवस्थामाथि पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)