ओलीलाई अध्यक्षबाट हटाउनुपर्छ भन्दै हुने पुनर्गठन बहसको ‘च्याप्टर क्लोज’ भइसक्यो : शेरबहादुर तामाङ
nepalpress.com · Tue Sep 29 10:42:11 GMT 2026

काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङले केन्द्रीय कमिटी बैठकपछि पार्टी पुनर्गठनको बहस च्याप्टर क्लोज भएको दाबी गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै आगामी महाधिवेशनसम्म अध्यक्ष केपी ओलीको विकल्प खोज्ने प्रयास नहुने बताए।
उनले भने, ‘चुनावपछि एमालेमा एमालेभन्दा पर बाहिर एउटा ठूलो बहस सिर्जना भयो, अध्यक्ष ओलीले छोड्नुपर्छ। अन्तरपार्टी भित्र त्यसको अलिकति प्रभाव पर्यो, धेरै प्रभाव होइन। केही मान्छेहरू लागे पनि। तर अन्तरपार्टी भित्र बाहिर चले जस्तो हल्ला चलेको थिएन। बैठकपछि ओलीकै नेतृत्वमा अगाडि बढ्ने सर्वसम्मत निर्णय भएको छ। अब अर्को महाधिवेशनसम्म एमालेभित्र कुनै पनि खालको पुनर्गठनको नाममा पार्टी अध्यक्ष हटाउने कुरा हुँदैन। च्याप्टर क्लोज भयो।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)