राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय : सैन्य तालिम केन्द्र नभई रणनीतिक अध्ययनको केन्द्र बन्ने सरकारको दाबी
news24nepal.tv · Tue Sep 29 10:41:42 GMT 2026

काठमाडाैँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विश्वविद्यालय सैन्य तालिम केन्द्र नभई राष्ट्रिय सुरक्षा, कुटनीति र रणनीतिक अध्ययनको प्राज्ञिक थलो भएको स्पष्ट पारेकी छन् ।
मंगलवारको प्रतिनिधि सभा बैठकमा उनले विश्वविद्यालयको प्राज्ञिक स्वायत्तता सुनिश्चित गर्दै नेपालको भू–राजनीतिक संवेदनशीलता सुहाउँदो उच्चस्तरीय अनुसन्धान केन्द्र स्थापना गर्नु विधेयकको मुख्य उद्देश्य रहेको बताइन् । मन्त्री गौतमले विश्वविद्यालय रक्षा मन्त्रालयसँग सम्बन्धित रहनुको कारण यसको विषयगत प्रकृति भएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)