चमत्कारको सपना देखाउने सरकारले सास्ती मात्रै दियो : प्रमुख सचेतक दुलाल
baahrakhari.com · Tue Sep 29 10:45:56 GMT 2026

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारको सय दिनको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गर्दै सुशासनको नारा केवल भ्रममा सिमित भएको टिप्पणी गरेका छन् ।
मंगलवार संसद परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले चमत्कार गर्ने दाबी गरे पनि जनताले आधारभूत सेवा पाउन समेत सास्ती भोग्नुपरेको आरोप दुलालले लगाए । प्रमुख सचेतक दुलालले सरकार बनेको समयावधिभन्दा पनि परिणामलाई प्राथमिकता दिनुपर्ने बताए । मन्त्रालयमा जम्बो सचिवालय र सल्लाहकारहरूको भर्ती औचित्यहीन कदम रहेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)