मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हमासको आक्रमणबाट १० नेपाली विद्यार्थीको मृत्यु,शव ल्याउन सरकारले प्रवन्ध गर्ने

emountaintv.com · Mon Oct 09 00:37:50 GMT 2023

काठमाडौं, २२ असोज । दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएको पुष्टि भएको छ । मृत्यु हुनेमा सबै छात्र हुन् ।

इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालका अनुसार किवुज अलुमिनमा रहेका १७ जना विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको हो । यसको जाककारी परराष्ट्र मन्त्रालयलाई गराइएको उहाँले बताउनु भयो । एक जना बेपत्ता छन् । चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । शनिबार बिहान ६ बजेदेखि ७ बजेको समयमा उनीहरु बसेको क्याम्पभित्र हमासका लडाकुहरु प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)