निर्वाचनबारे देउवाको मौनता कहिलेसम्म ?
ekantipur.com · Sat Jan 22 16:31:32 GMT 2022
काठमाडौँ — स्थानीय तह निर्वाचनबारे सत्ता साझेदार दल, प्रमुख प्रतिपक्षी दल र निर्वाचन आयोगले स्पष्ट धारणा राखिसक्दा प्रधानमन्त्री शेरबहादुर देउवा भने मौन छन् । उनले नेतृत्व गरेको पार्टी कांग्रेससमेत अलमलमा देखिन्छ । स्थानीय निर्वाचनको मिति तोक्ने दिन घर्किंदै गर्दा प्रधानमन्त्री देउवा र गठबन्धन सरकार मौन रहँदा अन्योल बढेको छ ।
प्रधानमन्त्री देउवाले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दा निर्वाचनबारे स्पष्ट धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको थियो । तर उनले ‘एक वर्षभित्र तीनै तहका निर्वाचन गर्ने’ अपूरो अभिव्यक्ति दिए । यसबाट वैशाखमा कार्यकाल सकिँदै गरेका स्थानीय तहको निर्वाचन कहिले हुने भन्ने प्रश्न थप पेचिलो बनेको छ । अहिले सत्ता साझेदार प्रमुख दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादीले वैशाख–जेठमा संसदीय निर्वाचन गरेर स्थानीय निर्वाचन कात्तिक–मंसिरमा गर्नुपर्ने धारणा राखेका छन् । प्रमुख प्रतिपक्षी एमाले भने वैशाखमा स्थानीय तह निर्वाचन गर्नुपर्ने अडानमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)