रसुवा बाढीको २० अर्ब ९८ करोडको बीमा दाबी, भुक्तानी सहज बनाउन प्राधिकरणको नयाँ व्यवस्था
ajakoartha.com · Tue Sep 29 10:48:00 GMT 2026

काठमाडौं– गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली तथा नारायणी नदीमा आएको बाढीबाट भएको क्षतिबापत बीमा कम्पनीहरूमा २० अर्ब ९८ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ। दाबी फछ्र्योटलाई छिटो र सहज बनाउन नेपाल बीमा प्राधिकरणले ‘रसुवा बाढी दाबी भुक्तानीसम्बन्धी संक्षिप्त कार्यविधि, २०८३’ लागू गरेको छ।
नयाँ कार्यविधिले बाढीबाट प्रभावित बीमितलाई उपलब्ध प्रमाणका आधारमा शीघ्र दाबी भुक्तानी गर्ने व्यवस्था गरेको छ। सानो रकमका दाबीमा सर्भेयर नियुक्त गर्नुपर्ने व्यवस्था हटाउनुका साथै अनुमानित दायित्वको आधासम्म रकम अग्रिम भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)