पाकिस्तानमा गहिरिँदै गएको जल सङ्कट : नीतिगत असफलता र कुव्यवस्थापनको मूल्य
hamrakura.com · Tue Sep 29 00:00:00 GMT 2026

इस्लामाबाद। पाकिस्तानमा बढ्दो जल सङ्कटका लागि भारत, जलवायु परिवर्तन र जनसङ्ख्या वृद्धिलाई जिम्मेवार ठहर्याउनु इस्लामाबादका लागि सबैभन्दा सजिलो र राजनीतिक रूपमा अनुकूल उपाय हो, तर वास्तवमा यी कारकहरूको यसमा नगण्य भूमिका हुन सक्छ। पाकिस्तानमा पानीको अभावका वास्तविक कारणहरूमा कु व्यवस्थापन, अप्रभावकारी नीतिहरू, प्रान्तहरूबीच असमान वितरण तथा चोरी र भ्रष्टाचार पर्दछन्। यस वास्तविक सङ्कटको जड पाकिस्तानमा पानीको व्यवस्थापन, वितरण, मूल्य निर्धारण, संरक्षण र नियमन गर्ने तरिकामा खोज्न सकिन्छ।
यस्तो होइन कि पाकिस्तान पानीको अभाव भएको देश हो। यहाँ ठूला नदीहरूको विशाल सञ्जाल छ—जसमा विश्वकै प्रमुख नदी प्रणालीमध्ये एक 'सिन्धु नदी'पनि पर्छ—र यहाँ भूमिगत पानीको पनि ठूलो भण्डार छ। तैपनि, देशले पानीको अभावको सङ्कट झेलिरहेको छ। अव्यवस्थित सिँचाइ, नहरको असमान वितरण, अनियन्त्रित रूपमा भूमिगत पानीको दोहन, कमजोर लगानी र संस्थागत असफलताले स्रोत व्यवस्थापनको समस्यालाई पूर्ण रूपमा जल सुरक्षा सङ्कटमा परिणत गरिदिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)