फर्जी मत हालेको आरोपपछि कांग्रेस सिन्धुपाल्चोक–२ को क्षेत्रीय अधिवेशन स्थगित
annapurnapost.com · Tue Sep 29 10:45:46 GMT 2026

सिन्धुपाल्चोक : नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशन स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिका उम्मेदवार वंशलाल तामाङले क्षेत्रीय सभापतिका उम्मेदवार कृष्णकुमार तामाङ पक्षले फर्जी मत हालेको आरोप लगाएपछि अधिवेशन स्थगित भएको हो।
मतदानका क्रममा फर्जी मत खसालिएको भन्दै विवाद उत्पन्न भएपछि अधिवेशन प्रक्रिया अघि बढ्न नसकेको हो। विवादपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको बताइएको छ। पासाङको पक्षमा उत्रिएका नेता बंशलालले मतदानका क्रममा मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्रहरू प्रयोग गरिएको भन्दै आपत्ति जनाएका छन्। उनले मतपेटिकामा खुट्टा प्रहार गर्दै हस्ताक्षर नभएको मतपत्रको आधारमा निर्वाचन निष्पक्ष नभएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)