दुई दिनमै २५ अंकभन्दा बढी घट्यो नेप्से
kalakarmi.com · Tue Sep 29 11:00:42 GMT 2026

काठमाडौं- सेयर बजारमा गिरावटको क्रम मंगलवार पनि रोकिएन । अघिल्लो दिन १६ अंकले घटेको नेप्से परिसूचक मंगलवार थप ९.६२ अंकले ओरालो लागेपछि २६०३.७१ विन्दुमा झरेर कारोबार बन्द भएको छ ।
बजार खुलेदेखि नै बिक्रीचाप देखिएपछि नेप्से अधिकांश समय दवावमै रह्यो । कारोबार अवधिमा सूचक एकपटक २६१४ विन्दुसम्म उक्लिए पनि त्यसपछि ओरालो लाग्दै २५८८ विन्दुसम्म पुगेको थियो । अन्तिमतिर केही खरिदचाप बढेपछि भने बजारको गिरावट केही मत्थर भएको हो । दुई दिन लगातार बजार घटे पनि कारोबार गतिविधि भने सुस्त देखिएन । मंगलवार कुल ४ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसले सूचक घटिरहेको अवस्थामा पनि बजारमा कारोबार गतिविधि कायम रहेको देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)