मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते
barnanmedia.com · Tue Sep 29 10:58:08 GMT 2026

नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वसांसद लेखनाथ दाहाल मोटरसाइकल दुर्घटनामा घाइते हुनुभएको छ । आज पार्टी कामका सिलसिलामा सिन्धुलीको मरिण गाउँपालिका जाँदा उहाँ दुर्घटनामा पर्नुभएको हो ।
दाहालको सिन्धुली अस्पतालमा उपचार भइरहको छ । उहाँको दाहिने हातमा शल्यक्रिया भएको र अवस्था खतरामुक्त रहेको पार्टीका जिल्ला सहसंयोजक एवं गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)