राइनास नगरपालिकाका रोजगार संयोजकसहित दश जनाविरुद्ध भ्रष्टाचार मुद्दा
gorkhapatraonline.com · Tue Sep 29 10:55:04 GMT 2026

लमजुङको राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपानेसहित दश जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना गरेको आरोपमा न्यौपानेविरुद्ध १८ लाख ३९ हजार २५६ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । सो नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी र तत्कालीन लेखापाल नविन कुमार बरालविरुद्ध १६ लाख ७२ हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)