म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो
khabarhub.com · Tue Sep 29 11:07:18 GMT 2026

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको सहायता कर्मीहरूले बताएका छन्।
सोमबार राखाइन राज्यको क्याक्टाउ सहरमा नदी किनारमा रहेको व्यापारिक केन्द्रमा सेनाले बम प्रहार गरेको थियो। प्रत्यक्षदर्शीका अनुसार आक्रमणपछि प्रारम्भिक रूपमा करिब ३० जनाको मृत्यु भएको थियो। मंगलबारसम्म मृतकको सङ्ख्या ५० पुगेको र ५८ जना घाइते भएको सहायता कर्मीहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)