प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग
reportersnepal.com · Tue Sep 29 11:06:25 GMT 2026

काठमाडौँ, १३ असोज । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत शिक्षक तथा विद्यालय कर्मचारीका लागि व्यवस्था गरिएको प्रोत्साहन भत्तामा विभिन्न प्रकृतिका अस्थायी शिक्षक तथा कर्मचारीलाई विभेद् अन्त्य नगर्न सरकारसँग माग गरेको छ ।
सो सङ्गठनका अध्यक्ष हंशबहादुर शाही र महासचिव प्रकाश खनालद्वारा जारी विज्ञप्तिमा सामुदायिक विद्यालयमा स्थायी तथा विभिन्न प्रकृतिका अस्थायी शिक्षक-कर्मचारीले एउटै विद्यालय, कक्षाकोठा र समान शैक्षिक जिम्मेवारी निर्वाह गरिरहेको अवस्थामा सेवा-सुविधा र प्रोत्साहन भत्तामा विभेद् गर्नु न्यायोचित नहुने उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)