चियामा कृत्रिम रङ मिसावट, बजारबाट फिर्ता गर्न खाद्य प्रविधि विभागको निर्देशन
ratopati.com · Tue Sep 29 11:12:53 GMT 2026

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री भइरहेको चियामा अखाद्य तथा कृत्रिम बाह्य रङको मिसावट पाइएपछि त्यस्तो चिया तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।
विभागले नियमित अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएका चियाका नमुना प्रयोगशालामा परीक्षण गर्दा अखाद्य कृत्रिम बाह्य रङ मिसाइएको पुष्टि भएको जनाएको छ । गुणस्तरहीन पाइएपछि विभागले सम्बन्धित उद्योगलाई उक्त चिया बजारबाट फिर्ता गर्न आदेश दिएको छ । साथै, सो उद्योगका अन्य उत्पादनको बिक्री–वितरणसमेत रोक्का राखी थप अनुसन्धान भइरहेको विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)