भोटेकोशी विपद छानबिन समितिको सभापतिमा गणेश पराजुलीको मात्रै उम्मेदवारी
nepalnews.com · Tue Sep 29 11:11:51 GMT 2026

काठमाडौं। भोटेकोशी विपदबारे अध्ययन गर्न गठित संसदीय विशेष समितिको सभापति पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीको एकल उम्मेदवारी परेको छ।
सभापति चयनका लागि बुधबार दिउँसो २ बजे निर्वाचन हुने कार्यतालिका छ। पराजुलीको प्रस्तावकमा नेपाली कांग्रेसका सांसद मोहन आचार्य तथा समर्थकमा नेकपा एमालेका पुष्पराज कँडेल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रमेश मल्ल, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामा र रास्वपाकी निशा डाँगी रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)