तनावका बाबजुद लयमा फर्किँदै खाडीको तेल निर्यात
ratopati.com · Tue Sep 29 11:15:00 GMT 2026

पश्चिम एसियाबाट हुने तेल निर्यात यस महिना तीव्र रूपमा बढेको केही तेल विश्लेषकहरूले बताएका छन्। यसले इरानले मार्चमा स्ट्रेट अफ होर्मुज बन्द गर्नुअघिको स्तरको नजिक पुर्याएको छ। यो सुधारले विश्वव्यापी ऊर्जा मूल्यमाथिको दबाब केही कम गर्न सक्छ।
तेल ट्याङ्करहरूको ट्र्याक गर्ने कम्पनी ‘केप्लर’ का अनुसार सेप्टेम्बरमा दैनिक औसत एक करोड (१० मिलियन) ब्यारेल तेल यस जलमार्गबाट पार भएको छ। यसबाहेक, यस महिना फारसको खाडी (पर्सियन गल्फ) राष्ट्रहरूबाट स्ट्रेटलाई छलेर जाने पाइपलाइन र बन्दरगाहहरूमार्फत दैनिक ६० लाख ब्यारेल कच्चा तेल बाहिरिएको केप्लरको तथ्याङ्कले देखाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)