राष्ट्रपतिसँग भारतीय राजदूतको विदाइ भेट
nepalviews.com · Tue Sep 29 11:10:46 GMT 2026

काठमाडौं । कार्यकाल सकेर स्वदेश फर्किन लागेका भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसँग विदाइ भेट गरेका छन् । श्रीवास्तवले सन् २०२२ देखि नेपालका लागि भारतीय राजदूतका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए । उनको कार्यकालमा नेपाल–भारत सम्बन्धका विभिन्न राजनीतिक, आर्थिक तथा पूर्वाधारसम्बन्धी विषयमा दुई देशबीच संवाद हुँदै आएको थियो ।
राष्ट्रपति पौडेलसँगको विदाइ भेटअघि श्रीवास्तवले उपराष्ट्रपति रामसाय प्रसाद यादव र प्रधानमन्त्री वालेन्द्र शाहसँग पनि भेट गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)