स्वीकृतिबिनै शौचालय निर्माण गर्न खोजिएपछि ललितपुर नगरप्रहरीद्वारा सामग्री जफत
lokaantar.com

ललितपुर महानगरपालिका–२५ भैँसेपाटीस्थित झटाकाली मन्दिरको सार्वजनिक जग्गामा आवश्यक स्वीकृति र अनुमति नलिई शौचालय निर्माण गर्न खोजिएको घटना बाहिरिएसँगै वडा कार्यालयको भूमिकामाथि समेत प्रश्न उठेको छ ।
महानगरपालिकाको स्वीकृति तथा वडा कार्यालयबाट आवश्यक अनुमति नलिई सार्वजनिक क्षेत्रमा शौचालय निर्माण भइरहेको सूचना पाएपछि शनिबार ललितपुर महानगरपालिकाको नगरप्रहरी टोली निर्माणस्थलमा पुगेको थियो । टोलीले निर्माण कार्य रोकेको थियो भने निर्माणमा प्रयोग भइरहेका सामग्रीसमेत नियन्त्रणमा लिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)