आभा श्रेष्ठ कर्ण सचिवमा बढुवा
annapurnapost.com · Tue Sep 29 11:08:09 GMT 2026

काठमाडौं : सरकारले वरिष्ठ सहसचिव आभा श्रेष्ठ कर्णलाई प्रशासन सेवातर्फको सचिवमा बढुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सहसचिव कर्णलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रशासन तर्फ रिक्त रहेको एक सचिव पदमा श्रेष्ठलाई बढुवा गर्ने निर्णय भएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)