नेपाल वायुसेवा निगममा अनियमितता: ७ वर्ष अघि नै विवादित निर्देशकलाई फेरि होटल छनोटको जिम्मा
bishowkhabar.com · Tue Sep 29 11:12:31 GMT 2026

काठमाडौं -नेपाल वायुसेवा निगममा मलेसियाको क्वालालम्पुरमा चालक दलका सदस्य राख्ने होटल छनोटका क्रममा विवादित सम्झौतामा हस्ताक्षर गरेका निगमको अपरेसन्स विभाग निर्देशक वरिष्ठ पाइलट सुवास रिजालमाथि कुनै कारबाही नहुँदै उनकै समन्वयमा फेरि उस्तै प्रकृतिको होटल सम्झौता अघि बढाइएको छ ।क्वालालम्पुरमा चालक दल राख्ने सेरी प्यासिफिक होटलसँगको पुरानो सम्झौता प्रक्रियामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र निगमकै उपसमितिले प्रश्न उठाएको थियो ।
होटल सेवा माग गर्दै रिक्वेस्ट फर प्रपोजल (आरएफपी) जारी हुनुभन्दा अघि नै सम्झौताको अवधि सुरु गरिएको, होटलले आरएफपी जारी हुनुअघि नै सम्झौतामा हस्ताक्षर गरेको र निगमका तर्फबाट करिब १६ महिनापछि हस्ताक्षर भएको प्रतिवेदनमा उल्लेख छ । यही प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा साढे ४ करोड रुपैयाँ अनियमितता भएको दाबी गर्दै उजुरीसमेत परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)