मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जन्मसिद्ध नागरिक ४९ जिल्लाका

ekantipur.com · Wed Jul 27 01:02:51 GMT 2022

काठमाडौँ — जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानको नागरिकता प्राप्तिका लागि मधेसबाट मुख्य आवाज उठ्दै आए पनि त्यस्तो समस्या हिमाल र पहाडमा समेत छ । प्रतिनिधिसभाले पठाएको विधेयक राष्ट्रिय सभाले पनि पारित गरेमा जन्मसिद्धका सन्तानको हक स्थापित हुनेछ ।

२०४६ चैत मसान्तसम्म नेपालमा जन्म भई यहीं स्थायी रूपमा बसोबास गर्दै आएका व्यक्तिलाई जन्मका आधारमा नागरिकता प्रदान गर्न सरकारले २०६३ मा कानुन बनाएको थियो । यो कानुनअनुसार १ लाख ९० हजार ७ सय २६ जनाले नागरिकता पाएको गृह मन्त्रालयको अभिलेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)