मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते
ratopati.com · Tue Sep 29 11:17:29 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वसांसद लेखनाथ दाहाल मोटरसाइकल दुर्घटनामा घाइते भएका छन् । आज पार्टी कामका सिलसिलामा सिन्धुलीको मरिण गाउँपालिका जाँदा उनी दुर्घटनामा परेका हुन् ।
दाहालको सिन्धुली अस्पतालमा उपचार भइरहको छ । उनको दाहिने हातमा शल्यक्रिया भएको र अवस्था खतरामुक्त रहेको पार्टीका जिल्ला सहसंयोजक एवं गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)