म्यानमारको रखाइनमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु
nepalsamaya.com · Tue Sep 29 11:16:18 GMT 2026

काठमाडौं। म्यानमारको रखाइन राज्यस्थित क्याउक्ताव सहरमा भएको हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ४९ पुगेको छ। अराकान आर्मीका अनुसार आक्रमणमा करिब ६० जना घाइते भएका छन्, जसमध्ये २२ जनाको अवस्था गम्भीर रहेको मिडिया रिपोर्टमा उल्लेख छ।
आक्रमण किस्सापनादी पुल क्षेत्र र भारतीय बजार वरपर भएको थियो। भग्नावशेषबाट शव निकाल्ने काम जारी रहेकाले मृतकको संख्या ५८ सम्म पुग्न सक्ने स्थानीय स्रोतलाई उद्धृत गर्दै बीबीसी न्युज बर्मीजले जनाएको छ। अराकान आर्मीले आक्रमणका लागि म्यानमारको सेनालाई जिम्मेवार ठहर गर्दै निन्दा गरेको छ र जवाफी कारबाहीको चेतावनी दिएको छ। सेना समर्थक टेलिग्राम च्यानलहरूले भने मृतकहरू अराकान आर्मीका सदस्य भएको दाबी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)