भत्किँदै ‘सेतो दरबार’
nepalnews.com · Tue Sep 29 11:15:18 GMT 2026

सुर्खेत । ‘सेतो दरबार’का रूपमा स्थानीय पहिचान बनाएको जाजरकोटको ऐतिहासिक दरबार अहिले भग्नावशेषजस्तो देखिन थालेको छ। उत्तर र दक्षिणतर्फको भाग भत्किएर ढुंगा, माटो र काठ छरपस्ट छन्। निलो रङ पोतिएका झ्याल र सहायक ढोका झरिसकेका छन्। केही अझै झर्ने अवस्थामा लत्रिएका छन्। दरबारको बीच भागलाई मुख्य ढोकाले थामेजस्तो देखिन्छ। तर यो संरचना कति समयसम्म टिक्ने हो भन्ने निश्चित छैन।
२०७५ सालमा नेपालका एक सय पर्यटकीय गन्तव्यको सूचीमा परेको यो दरबारलाई पर्यटकीय गन्तव्यका रूपमा ‘खलंगा दरबार’ नाम दिइएको छ। कुनै समय जाजरकोटी राजाको शासन चलेको यही दरबारबाट पछिल्लो समय जिल्ला प्रशासनसहितका सरकारी कार्यालय सञ्चालन हुँदै आएका थिए। २०८० सालको भूकम्पपछि भने दरबारबाट कुनै सरकारी कामकाज सञ्चालन भएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)