म्यान्माको हवाई आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ५० पुग्यो
onlinekhabar.com · Tue Sep 29 11:11:54 GMT 2026

१३ असोज, क्याउक्टाउ (म्यान्मा) (रासस/एएफपी)। पश्चिम म्यान्मामा भएको सैन्य हवाई आक्रमणबाट मृत्युहुनेको सङ्ख्या मङ्गलबारसम्म ५० जना पुगेको घटनास्थलमा तैनाथ सहायताकर्मीले बताएका छन्। प्रत्यक्षदर्शीका अनुसार सेनाले सोमबार राखाइन राज्यको क्याक्टाउ सहरको नदी किनारमा अवस्थित व्यापारिक केन्द्रमा बम प्रहार गरेपछि प्रारम्भिक मृत्युको सङ्ख्या करिब ३० पुगेको थियो।
उनीहरुका अनुसार हाल सम्म मृतकको सङ्ख्या ५० जना पुगेको छ भने ५८ जना घाइते भएका छन्। सहायता कार्यकर्मी वाई हुन आङका अनुसार बम विस्फोटपछि आगलागीमा केही शव हराएको कारण उक्त घटनामा मृत्युहुनेको सङ्ख्या अझै बढी हुन सक्ने चेतावनी दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)