राइनासका तत्कालीन १० कर्मचारी-जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा
khabarhub.com · Tue Sep 29 11:19:17 GMT 2026

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७६/७७ मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्राप्त सशर्त अनुदान रकममध्ये १६ लाख ७२ हजार तोकिएको कार्यक्रम सञ्चालन नगरी हिनामिना तथा हानिनोक्सानी गरेको आरोपमा बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)