निजामती सेवा विधेयक संसदमा लैजानेसहित यी हुन् मन्त्रिपरिषदका निर्णय
nepalnews.com · Tue Sep 29 11:23:07 GMT 2026

काठमाडौं। सरकारले संघीय निजामती सेवासम्बन्धी विधेयक संसदमा पेस गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका शर्तसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएका हुन्। बैठकले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ संशोधन गर्न बनेका विधेयक पनि संघीय संसदमा पेस गर्न स्वीकृति दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)