अब पार्टीभित्र अराजकता चल्दैन : ओली
kendrabindu.com · Tue Sep 29 11:24:18 GMT 2026

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अब अराजकता र अनुशासनहीनता स्वीकार्य नहुने बताएका छन्। मंगलबार कोसी, मधेस, वाग्मती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यलाई भर्चुअल सम्बोधन गर्दै ओलीले पछिल्लो केन्द्रीय कमिटी बैठकलाई ‘कट अफ डेट’ मानेर अघि बढ्ने बताएका हुन्।
ओलीले पार्टीले तय गरेका दुई मुख्य कार्यभार र १५ काम कार्यान्वयन गर्न नेता–कार्यकर्तालाई अनुशासन र निष्ठामा रहन निर्देशन दिए। अब पार्टीको नीति र अनुशासनविपरीत जाने, अराजकता फैलाउने वा विपक्षीलाई फाइदा पुग्ने गरी बोल्ने जोसुकैलाई कारबाही गरिने उनको चेतावनी थियो। ओलीले भने, “अब पार्टीभित्र बढ्दो अराजकता र अनुशासनहीनता चल्दैन । अब पार्टीको नीति र अनुशासनविपरीत जाने, अराजकता फैलाउने वा विपक्षीलाई रमाउने गरी बोल्ने जोकोहीमाथि कडा कारबाही हुनेछ ।”
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)