भारतमा कसरी रोकिँदैछ समुद्री कटान ?
onlinekhabar.com · Tue Sep 29 11:18:01 GMT 2026

१३ असोज, करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै गएको भारतको दक्षिणी तटस्थित करियाचल्ली टापुलाई जोगाउन कृत्रिम चट्टान, प्रत्यारोपित कोरल र समुद्री घाँसको सहारा लिइएको छ । समुद्री कटानको गति कम गर्दै टापु तथा मुख्य भूमिलाई बढ्दो समुद्री सतहबाट जोगाउने उद्देश्यले संरक्षण अभियान सञ्चालन गरिएको हो ।
दक्षिणी तमिलनाडु राज्यका २१ टापुको शृङ्खलामा रहेको करियाचल्लीले पछिल्लो आधा शताब्दीमा ८० प्रतिशतभन्दा बढी भूभाग गुमाइसकेको छ । सरकारी अनुमानअनुसार सन् १९६९ मा २० दशमलव ८५ हेक्टर रहेको टापुको क्षेत्रफल गत वर्ष तीन दशमलव १४ हेक्टरमा सीमित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)