पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते
khabarhub.com · Tue Sep 29 11:23:10 GMT 2026

म्याग्दी – म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका-७ लामाबगरमा आज पहिरो जाँदा चार वटा घर, दुई गोठ पुरिएका छन् भने एक जना घाइते भएका छन् ।
पहिरोले घर पुर्दा च्यापिएको अवस्थामा उद्धार गरिएका घाइते ६५ वर्षीय आत्मराज शर्माको म्याग्दीको प्रादेशिक अस्पताल बेनीमा उपचार भइरहेको छ । चक्रपाणि आचार्य, लिलाधर उपाध्याय, आत्मराम शर्मा र मञ्जुला आचार्यको घर तथा सँगै रहेका दुई वटा गोठ पहिरोमा पुरिएका जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)