बालेन सरकारमाथि अमरेशको आरोप- ‘म, रवि र प्रचण्डमाथि निगरानी छ’
kalakarmi.com · Tue Sep 29 11:21:08 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफू, पार्टी सभापति रवि लामिछाने र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गतिविधिमाथि निगरानी गर्न सुराकी परिचालन गरेको आरोप लगाएका छन् ।
प्राइम टेलिभिजनसँगको अन्तर्वार्तामा सिंहले सरकारको आलोचना गर्ने तथा सार्वजनिक रूपमा बोल्ने राजनीतिक नेतामाथि सुराकी लगाउने गरिएको दावी गरेका हुन् । उनका अनुसार आफू मात्र नभई रास्वपा सभापति लामिछाने र पूर्वप्रधानमन्त्री प्रचण्डको पछाडि पनि सुराकी परिचालन गरिएको जानकारी आफूले पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)