टेनिसमा सकियो नेपालको चुनौती
annapurnapost.com · Tue Sep 29 11:13:23 GMT 2026
काठमाडौं : प्रदीप खड्का र अभिशेक बास्तोलाको जोडीले भारतसँग पराजय बेहोरेसँगै आइची–नागोया एसियाली खेलकुद २०२६ मा नेपाली टेनिसको चुनौती समाप्त भएको छ।
नागोयास्थित हिगासियामा पार्क टेनिस सेन्टरमा मंगलबार पुरुष एकलमा पराजित भएका प्रदीप र अभिशेकले त्यसपछि डबल्समा पनि हार व्यहोरे।त्यस्तै, मिक्स्ड डबल्समा स्वस्तिका विष्ट र निसान श्रेष्ठको जोडी पनि पराजित भएपछि टेनिसमा नेपालको चुनौती सकिएको हो। पुरुष डबल्समा नेपाली जोडी भारतका अनिरुद्ध चन्द्रशेखर र नारायणस्वामी बालाजीको जोडीसँग ६–२, ६–१ ले पराजित भयो। यसैगरी मिक्स्ड डबल्समा स्वस्तिका र निसानको जोडी इन्डोनेसियाका एल्डिला सुत्जियादी र क्रिस्टोफर रुङ्काटसँग ६–१, ६–१ ले पराजित भयो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)