राष्ट्र बैंकको नयाँ व्यवस्थाले थप १५ अर्ब प्रोभिजन बढ्ने
baahrakhari.com · Mon Jul 26 12:19:00 GMT 2021
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई गत आर्थिक वर्षमा थप करिब १३ अर्ब प्रोभिजन गर्नुपर्ने गरी परिपत्र जारी गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा गत आर्थिक वर्षको वार्षिक वित्तीय विवरण तयार गर्दा असल वर्गमा वर्गीकरण भएको कर्जामा १ प्रतिशतका अतिरिक्त थप ०.३ प्रतिशत प्रोभिजन गनुपर्ने व्यवस्था थप गरेको हो ।
“कोभिड–१९ महामारीको कारणले बैंकिङ सम्पत्तिको गुणस्तरमा परेको प्रभावलाई दृष्टिगत गरी समग्र वित्तीय स्थायित्व प्रबद्र्धन गर्न असल वर्गमा वर्गीकरण भएका कर्जाको हकमा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले आ.व. २०७७/०७८ को वार्षिक वित्तीय विवरण तयार गर्दादेखि साधारण कर्जा नोक्सानी व्यवस्था १ प्रतिशतको अतिरिक्त ०.३ प्रतिशत थप गरी कुल १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ,” राष्ट्र बैंकले भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)