बाढी–पहिरोले प्रभावित एनटिसीका १३० साइट अझै बन्द, हेलिकप्टरबाट उपकरण लैजाने तयारी
aarthiknews.com

काठमाडौँ । बाढी–पहिरोका कारण अवरुद्ध नेपाल टेलिकमका १ हजार १३२ साइटमध्ये १ हजार २ वटा सञ्चालनमा आए पनि १३० वटा साइट अझै बन्द छन्। सडक र विद्युत् संरचनामा क्षति पुगेका कारण बाँकी साइटमा प्राविधिक टोली र आवश्यक उपकरण पुर्याउन कठिनाइ भएपछि कतिपय स्थानमा हेलिकप्टरमार्फत उपकरण तथा जनशक्ति लैजाने तयारी गरिएको छ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाँकी टेलिकम सेवा शीघ्र सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्। मन्त्रालयमा मंगलबार नेपाल टेलिकमको उच्च व्यवस्थापनसँग भएको छलफलमा उनले बाढी–पहिरोबाट टावर तथा साइटमा पुगेको क्षति, सेवा पुनःस्थापनाको प्रगति र बाँकी कामबारे जानकारी लिँदै सेवा पुनःस्थापनालाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)