बुक बिल्डिङबाट सार्वजनिक निष्कासन गरिएन भने आईपीओको बाढीले सेबोन अध्यक्षलाई नै बगाउँछ — तिलक कोइराला
arthasansar.com · Tue Sep 29 11:30:51 GMT 2026

सेयर लगानीकर्ता तिलक कोइरालाले अबको दिनमा बुक बिल्डिङ प्रणालीबाट नै आईपीओ जारी गर्नु पर्ने बताएका छन् । अर्थसंसारको लगानीकर्ताको आवाजमा बोल्दै कोइरालाले अहिलेकै तरिकाले आईपीओ ल्याउँदा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धान्न नसक्ने बताएका हुन् ।
अहिले जुन रुपमा आईपीओको पाइपलाइनमा रहेका कम्पनीहरु छन् उनीहरुलाई बुक बिल्डिङ मार्फत आईपीओ ल्याउने व्यवस्था गरिएन भने आईपीओको बाढीले अहिलेका अध्यक्षलाई नै बगाउने उनको भनाइ छ । ‘अहिले आईपीओ जारी गर्नका लागि १०० भन्दा धेरै कम्पनी आईपीओको पाइपलाइनमा रहेका छन् । अझै ५०० कम्पनी आईपीओमा जाने तयारीमा रहेका छन् । बुक बिल्डिङ प्रणाली अपनाइएन भने बोर्ड अध्यक्षको पद नै आईपीओले लिन्छ,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)