इसेवाले ल्यायो ‘बाइ नाउ, पे लेटर’ सेवा, किस्ताबन्दीमा ईभी स्कुटर खरिद गर्न सकिने
kendrabindu.com · Tue Sep 29 11:35:42 GMT 2026

काठमाडौं । नेपालको डिजिटल वालेट क्षेत्रमा इसेवाले पहिलो पटक ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक गरेको छ । यस सेवामार्फत ग्राहकले इसेवा प्लेटफर्मबाट विद्युतीय स्कुटर खरिद गर्न सक्नेछन् ।
यस सम्बन्धमा असोज ८ गते इसेवाको केन्द्रीय कार्यालयमा इसेवा, रिलायन्स फाइनान्स लिमिटेड र विद्युतीय स्कुटर बिक्रेता कम्पनी परिमिता इन्भेष्टमेन्ट प्रालिबीच त्रिपक्षीय साझेदारी भएको हो । साझेदारी पत्रमा इसेवाका निवर्तमान प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का, रिलायन्स फाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत रामहरि आचार्य र परिमिता इन्भेष्टमेन्टका तर्फबाट मनन तुलाधरले हस्ताक्षर गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)