‘आ बाट आमा–२’ को नयाँ गीतमा पल र मलिका रमाउँदा आकाशको कर्के नजरमा दर्शकको कौतुहलता
kalakarmi.com · Tue Sep 29 11:37:13 GMT 2026

काठमाडौं– असोज ३० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘आ बाट आमा २’ को नयाँ गीत ‘अचेल किन कान्छी’ मंगलवार दिउँसो सार्वजनिक भएलगत्तै दर्शक तथा स्रोताको रोजाइमा परिसकेको छ । विवाहको मण्डपमा तयार पारिएको यो गीतको भिडियोमा फिल्मका प्रमुख कलाकार पल शाह र मलिका महतको जोडीलाई रोमान्टिक तथा रमाइलो भावमा प्रस्तुत गरिएको छ ।
रवि ओड तथा गंगा सोनमको स्वरमा तयार भएको यो गीतमा पल र मलिकासँगै अभिनेता आकाश श्रेष्ठ पनि देखिएका छन् । तर, पल र मलिका नाच्दै रमाइरहँदा आकाश भने उनीहरूलाई कर्के नजरले हेरिरहेको दृश्यले भने गीतलाई थप रोचक बनाएको छ । ‘अचेल किन कान्छी’ लाई बाबुल गिरीले संगीतबद्ध गरेका हुन् । गीतको कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)