बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्
khabarhub.com · Tue Sep 29 11:37:05 GMT 2026

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका कारण अवरुद्ध नेपाल टेलिकमको दूरसञ्चार सेवा शीघ्र पुनःसञ्चालन गर्न निर्देशन दिएका छन्।
मन्त्रालयका सचिव राजेन्द्रप्रसाद पौडेल, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) लगायत उच्च व्यवस्थापनसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री तिमिल्सिनाले बाढी–पहिरोबाट टेलिकमका टावर तथा साइटमा पुगेको क्षति, अवरुद्ध सेवा र पुनःस्थापनाको प्रगतिबारे जानकारी लिँदै सेवा पुनःसञ्चालनलाई उच्च प्राथमिकता दिन निर्देशन दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)