‘फस्ट ग्लोबल च्यालेन्ज’मा नेपालका ३ विद्यार्थीले प्रतिस्पर्धा गर्ने
kendrabindu.com · Tue Sep 29 11:43:49 GMT 2026

काठमाडौं । नेपालका तीन विद्यार्थीले दक्षिण कोरियाको इन्चोनमा आयोजना हुने सन् २०२६ को फस्ट ग्लोबल च्यालेन्जमा सहभागी भएर विश्वभरका युवा रोबोटिक्स प्रतिभासँग प्रतिस्पर्धा गर्ने भएका छन्। रोबोटिक्स एसोसिएसन अफ नेपाल (आरएएन)का अनुसार पाँच सदस्यीय टोलीले अक्टोबर ७ देखि १० सम्म हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछ।
फस्ट ग्लोबल च्यालेन्जमा १९० भन्दा बढी देशका टोली सहभागी हुनेछन्। यस वर्षको प्रतियोगिताको मुख्य विषय ‘इग्नाइटिङ इनोभेसन’ रहेको छ। प्रतियोगितामा सहभागी टोलीले वन डढेलो रोकथाम, न्यूनीकरण तथा वातावरणीय उत्थानशीलताका लागि रोबोटिक समाधान विकास गर्नुपर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)