केही नेताहरूले महाधिवेशन प्रक्रियामा भाग नलिँदैमा कांग्रेस फुट्यो भन्न मिल्दैन : सहमहामन्त्री राणा
nepalpress.com · Tue Sep 29 11:40:56 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणा केही नेताहरू महाधिवेशन प्रक्रियाबाट बाहिर जाँदैमा पार्टी फुटेको भन्न नमिल्ने जिकिर गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै केही नेताहरू चुनदेवीतिर गएको बताए।
उनले भने, ‘यो पार्टी फुट्ने त कुरै आएन। तर हामी पार्टीको महाधिवेशनमा छौँ। कतिपय नेता, कार्यकर्ता, क्रियाशील सदस्य साथीहरू अधिवेशनमा भाग मात्र नलिएको हो। अहिले पार्टी हामी एउटै छौँ। केही नेताहरू अलि टाढा गएर चुनदेवीतिर जानुभएको छ। उहाँहरूले भाग लिनुभएको छैन। यसलाई पार्टी फुटेको भन्न मिल्दैन।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)