प्रतिनिधिसभा बैठक: कांग्रेसको अडानमा एकीकृत समाजवादीको साथ !
rajdhanidaily.com · Tue Apr 09 23:11:39 UTC 2024

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनाका विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने नेपाली कांग्रेसको मागप्रति सत्ता गठबन्धन दल नेकपा (एकीकृत समाजवादी) लचिलो बनेको छ । सो पार्टीले कुनै पनि प्रकरणमा प्रतिपक्षले छानबिन समिति गठनको माग गरेपछि समिति बनाउने यसअघिको नजीर भएको बताउँदै सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्नेतर्फ संकेत गरेको हो ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय समितिको मागबाट पछि नहटेपछि रास्वपाले भने विगतका जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारको उत्खनन गर्न उच्चस्तरीय स्वतन्त्र छानबिन समिति बनाउन माग गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसले संसदीय छानबिन समिति नबनेसम्म बैठक सञ्चालन हुन नसक्ने भन्दै अवरोध गरेपछि बैठक आज (बुधबार)का लागि बस्नेगरी अन्त्य गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)