आन्तरिक राजनीति र कमजोर व्यवस्थापनले थलिदै निगम, ६ पाइलटले दिए राजीनामा
bishowkhabar.com · Tue Sep 29 11:49:52 GMT 2026

काठमाडौं -सेवा सुविधा र नियमित उडान भर्न नपाएको लगायतका कारण देखाउँदै नेपाल वायुसेवा निगमका ६ जना पाइलटले सामूहिक राजीनामा दिएका छन् । निगममा कार्यरत ३ जना स्थायी र ४ जना करारका पाइलटहरूले राजीनामा दिएपछि निगममा कार्यरत अन्य पाइलट, को–पाइलट र एयर होस्टेजसमेतले सेवा सुविधा र कार्यस्थलको वातावरणको विषयलाई लिएर व्यवस्थापनको ध्यानाकर्षण गराउने तयारी थालेका छन् ।
राजीनामा दिएका वाइड बढी विमानका वरिष्ठ पाइलटहरू सञ्जय पौडेल, प्रशान्त श्रेष्ठ र न्यारो बढीका पाइलट मनिश विक्रम शाह स्थायी जागिरे हुन भने को–पाइलटहरू रचेन्द्र जोशी, प्रनव मल्ल र रेश्मा सिजापति करारका कर्मचारी हुन् । करारका कर्मचारीहरूको सेवा अवधि अझै एक वर्ष बाँकी रहेको निगमको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)