मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कृषकलाई अनुदानमा धानको बिउ वितरण

gorkhapatraonline.com · Sun Jun 07 13:59:31 GMT 2026

रामपुर नगरपालिकाले कृषकलाई अनुदानमा २३ टनभन्दा बढी धानको बिउ वितरण गरेको छ । धानको उत्पादकत्व वृद्धिका लागि नगरपालिकाले २३ हजार ८ सय किलोग्राम बिउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको हो।

कृषकको माग अनुसारका यहाँको हावापानीमा उत्पादन हुने ३ जातका धानको बिउ वितरण गरेको हो । मागको आधारमा कृषक, कृषक समूह र कृषि सहकारी गरी ५६३ जनालाई बिउ वितरण गरिएको हो । बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रबाट प्रमाणित बिउ सावित्री १५ हजार केजी, साँवा मन्सुली ७ हजार पाँचसय केजी र रामधान एक हजार तीनसय केजी वितरण गरिएको कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले बताउनुभयो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)