नारायणगढ–मुग्लिन सडकखण्डको ४३ ठाउँमा पहिरोको जोखिम पहिचान, तर रोकथाममा दिइएन ध्यान
ratopati.com · Tue Sep 29 11:58:09 GMT 2026

काठमाडौँ । हिउँदमै पहिरोको जोखिम क्षेत्र पहिचान भए पनि सरकारले समयमै रोकथाममा ध्यान नदिँदा चाडपर्वको मुखमा आमनागरिकले सास्ती व्यहोर्नुपर्ने अवस्था आएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा प्राविधिक अध्ययनमार्फत ४३ स्थानलाई पहिरोको सम्भावित जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको थियो ।
जोखिमको पूर्वआकलन भइसक्दा पनि रोकथाम तथा नियन्त्रणका लागि औपचारिक ठेक्कामार्फत काम भने जम्मा दुई स्थान (तुइन खोला र नाम्सी खोला) मा मात्रै अघि बढाइएको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)