राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
nepalsamaya.com · Tue Sep 29 11:58:51 GMT 2026

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रपति कार्यालयमा शिष्टाचार बिदाइ भेट गरेका छन्।
मंगलबार अपराहन्न भएको भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध तथा आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ। सो अवसरमा राष्ट्रपति पौडेलले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत श्रीवास्तवलाई बधाई दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)