गेटअप लुकाउन ढाका टोपीको साहरा लिने दीपकराज भन्छन्– ‘लुक्स परिवर्तनले दर्शकलाई फ्रेस फिल हुन्छ’
kalakarmi.com · Tue Sep 29 11:58:44 GMT 2026

काठमाडौं– यो वर्षको दशैँको फूलपाती अर्थात असोज ३१ गतेका दिनदेखि प्रदर्शनको तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘छ माया छपक्कै २’ का अभिनेता दीपकराज गिरी केही समययता फरक लुक्समा देखिन थालेका छन् । यद्यपि, फिल्मको फर्स्टलूक पोस्टर तथा पहिलो गीत सार्वजनिक नहुँदासम्म उनको यो नयाँ गेटअपलाई गोप्य राख्न भने उनलाई निकै मेहनत गर्नु परेको रहेछ ।
फिल्मको पोस्टर तथा गीत सार्वजनिक हुनुअघि दीपकराज गिरीलाई भेट्दा उनी प्रायः ढाका टोपीमा देखिन्थे । उनलाई ढाका टोपीमा देखेपछि ‘दीपकजी, किन ढाका टोपी लगाएर हिँडिरहनु भएको होला रु’ भन्ने जिज्ञासा धेरैमा उत्पन्न हुने गरेको थियो । कतिपयले त उनलाई ‘छ माया छपक्कै–२’ को गेटअप गोप्य राख्नकै लागि ढाका टोपी लगाएको अनुमानसमेत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)