राइनासमा आर्थिक हिनामिना गरेको आरोपमा विशेष अदालतमा १० जनामाथि मुद्धा
hamrakura.com · Tue Sep 29 00:00:00 GMT 2026

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसहित १० जनाले आर्थिक हिनामिना गरेका भन्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
आयोगले सो नगरपालिकामा आव २०७६/७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कार्यक्रम सञ्चालनका लागि प्राप्त रु १६ लाख ७२ रकम श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्राप्त सर्शत अनुदान रकम तोकिएको कुनै कार्यक्रम नगरी हिनामिना तथा हानीनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आरोपपत्र दायर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)